Friday, September 23, 2016


सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती


सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती
काठमाडौं । यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ ।
यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलाको पातलाई प्रयोग गर्न सक्नु हुनेछ ।
यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाइ त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस् ।


यसप्रकारले बेलको पात पिसेर पिनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुनु सक्नु हुनेछ ।
त्यसैगरी बेलको पत्रलाई अन्य तरिकाले प्रयोग गरे पनि यस रोगका लागि प्रयोग गर्न सकिन्छ । तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरेर मजाले पिँधेर एक गिलास पानीसँग युक्र मिश्रण सेवन गर्नुहोस । हरेक दिन यसप्रकारको घोल पिउनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नु हुनेछ ।

Wednesday, September 21, 2016


अमेरीकामा जन्मियो दुई वटा अनुहार भएको गाईको बाच्छी, हेर्नेको भीड


एजेन्सी – आफ्नो गाईले शुक्रबार सन्तानलाई जन्म दिईरहेको देख्दा गाई धनी स्टानलाई लाग्यो उसको गाईले जुमल्याहा जन्म दिएको छ । तर केही छणमै स्टानको अनुमान गलन साबित भयो ।

नवजात बाच्छीको दुई वटा नाक, दुई वटा मुख र चार वटा आँखा भएता पनि बीचको दुई वटा आँखाहरुले भने काम गर्दैन ।

बाच्छी उभिन सके पनि राम्रो सँग हिड्न नसक्ने, स्टान बताउँछन् । स्टानका अनुसार, यस्तो अदितीय रुप भएको बाच्छा वा बाच्छी आफ्नो आमाको पेटमै मर्ने गरेको तथ्याक भएता पनि यो बाच्छी भने जीवित छ ।

बाच्छीले घाँस लगायतका खानेकुरा खान्छ र  स्वस्थ पनि छ । यस्तो अदभूत रुप भएको गाईको बाच्छी हेर्नेको भीड लाग्ने गरेको छ । स्रोत डेलीमेल/daily mail

Monday, September 12, 2016


नयाँ रोग आयो एड्स भन्दा खतरनाक ‘सेक्सद्धारा लाग्ने सुपरबग’ रोग ! सचेत रहन आग्रह


एजेन्सी । यदी तपाई सुरक्षित सेक्स गर्नु हुँदैन भने अब तपाई जोखिममा पर्न सक्नु हुन्छ । अर्थात् एड्ससहित यौन रोगका अन्य जोखिमहरु त यसअघि बाटै थिए नै अब सेक्सकै कारण अर्को गम्भीर खतरा समेत विश्वमा भित्रिएको तथ्य पत्ता लागेको छ । संयुक्त राज्य अमेरिकाको तटीयमुलुक ‘हवाई’मा ‘सेक्स सुपरबग’ नामक एक खतरनाक जीवाणुको दुईवटा मामिला बाहिर आएको छ । जसले विश्वभरका चिकित्सकलाई चिन्तित बनाएको छ ।हवाईका स्वास्थ्य विभाग अधिकारीहरुले ‘सुपरबग’ एड्स फैलाउने जीवाणु ‘एचआईभी’ भन्दा पनि खतरनाक भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले यसबाट बच्न मुस्किल हुने बताएका छन् । हवाईको स्वास्थ्य विभागले सुपरबगको रोकथामका लागि नयाँ ‘एन्टिबायोटिक’ पत्ता लगाउन सरकारसँग ५४ मिलियन डलर राशी माग गरेका छन् । वरिष्ठ चिकित्सकहरुले सुपरबगलाई कुनै पनि औषधीले छुन नसक्ने बताएका छन् । चिकित्सकका अनुसार सेक्स सुपरबगलाई ‘गोनोरिया एच ०४१’ नामबाट पनि चिनिन्छ ।

सुपरबगको पहिलो पहिचान वर्ष सन् २०११ मा जापानमा भएको थियो । यसपछि यो हवाईमा फैलिएको थियो । अहिले भने क्यालिफोर्निया र नर्वेतिर पनि यसको संक्रमण फैलिन सुरु भएको अनुमान गरिएको छ । हवाईमा पहिलो पटक सन् २०११ मा सेक्स सुपरबगको मामिला एक युवतीमा भेटिएको थियो । हवाईका चिकित्सकहरुले पूरा देशभरी यसबाट सुरक्षित रहन सल्लाह दिएका छन् । चिकित्सकहरुले सुपरबगबाट विशेष सचेत रहन आग्रह गर्दै यसको जीवाणु धेरै आक्रामक भएको बताएका छन् ।



यो द्रुत गतिमा फैलिने र कम समयमा नै असर देखाउने खालको भएको चिकित्सकहरुको भनाई छ । विशेषज्ञहरुले सदैव सुरक्षित सेक्स गरेको खण्डमा यसबाट जोगिन सक्ने जनाएका छन् । जीवाणु देखिएको मुलुक हवाईमा कोहीसँग पनि नयाँ सम्बन्ध बनाउनुअघि पहिले आफ्नो ‘पाटर्नर’को शारीरिक जाँच गराउन सल्लाह दिइएको छ ।